Listen LIVE

साफ यु–१७ महिला टोलीको घोषणा

काठमाण्डौ : भुटानमा अगस्ट २० देखि ३१ गतेसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहनेछ ।

सबै टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्ष टोली च्याम्पियन बन्नेछ । नेपालले भारतसँग अगस्ट २० र २९, भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग २४ र २७ तारिख खेल्नेछ ।

प्रतिक्रिया