Listen LIVE

भलिबल खेलाडीलाई विमानस्थलमा टीका जमरासहित स्वागत

काठमाण्डौ : श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ।

नेपाल भलिवल एशोसियसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो। शनिबार बेलुकी भएको फाइनलमा नेपाल, उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर फर्स्ट रनरअप बनेको हो।

कोलम्बोमा भएको फाइनलको पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो। खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो। त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।

प्रतिक्रिया