प्युठान : जिल्लाका दुई वटा स्थानीय तहमा कृषि तथा पशुपक्षी सेवा केन्द्र स्थापना गरिएको छ । पालिका भित्रका कृषकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा नयाँ भवनसहित सेवा केन्द्र स्थापना गरिएको हो ।
यसअघि पालिकाले कृषि तथा पशु विकास शाखाबाट सेवा प्रवाह गर्दै आएका थिए । ग्रामीण उद्यम तथा आर्थिक विकास कोरिडोरको लगानीमा दुवै पालिकामा भवन निर्माण गरिएको हो । यस भवनबाट किसानलाई प्रयोगशालासहितको सेवा दिइने प्युठान नगरपालिका नगर प्रमुख विष्णुबहादुर योगीले बताए । “किसानले अव ल्याब सेवा समेत सहज रूपमा पाउने छन्,” उनले भने, “यसले किसानको समस्या समाधान गर्न ठुलो मदत मिल्ने छ ।”
कृषि तथा पशुपक्षी सेवा केन्द्रको भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपक्षी सेवामा आवश्यक प्रयोगशाला, तालिम हलसहित आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरू निर्माण गरिएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास कोरिडोरले दुवै पालिकालाई भवन हस्तान्तरण गरेको छ । स्थानीय तह बनेपछि किसानले सहजरूपमा कृषि र पशुपालनसम्बन्धी सेवा पाउन नसकेको गुनासो थियो । सेवा केन्द्र स्थापनाले कृषकका समस्या समाधान हुने आशा लागेको प्युठान नगरपालिका–३, कुवापानीका रविन्द्र पाण्डेले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार