Listen LIVE

‘दाँत स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने’

नेपालगञ्ज : दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो । मुख र यस वरपरको अंग–प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो । मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् ।

धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् । तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

दन्त स्वास्थ्यमा ध्यान दिन निम्न कुराहरुमा ख्याल गर्नुहोस् ।

–प्रत्येकपल्ट केही कुरा खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने बानी गर्नुपर्छ ।

–बिहान र राती सुत्नुअघि कम्तीमा दुई मिनेटसम्म दाँत ब्रस गर्नुहोस् ।

–दाँत माझ्दा मुखभित्रको अगाडि पछाडिको दाँत, तल माथिको दाँत, जिब्रो र जिब्रोभन्दा माथिको भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ।

–नरम ब्रस प्रयोग गर्नुहोस्, जसले दाँतको इनामेललाई नघोटोस् ।

–दाँतको बीच स्थानमा चिउँडो र खाद्य कण हटाउन फ्लस गर्नुहोस् ।

–माउथ वासले मुखको गन्ध नियन्त्रण गर्न र कीटाणु मेटाउन मद्दत गर्छ ।

–चिनी बढी सेवन गर्दा क्याबिटीजको खतरा बढ्न सक्छ । फलफूल, सब्जी र साबुत अन्नलाई प्राथमिकता दिनुहोस् ।

–चकलेट वा गुलियो पदार्थ खाइसेपछि अनिवार्य मुख कुल्ला गर्ने।

–दिनभर पर्याप्त पानी पिउँदा दाँत र गमलाई हाइड्रेट राख्न मद्दत गर्छ ।

–कम्तीमा वर्षमा एकपटक डेन्टिस्टसँग चेकअप र प्रोफेसनल क्लिनिङ गर्नुहोस् ।

–घूम्रपान र अत्यधिक मदिरा सेवनले दाँत तथा गमको स्वास्थ्यमा नकारात्मक असर पुरÞ्याउँछ ।

–पेय पदार्थका बोतलको विकी खोल्ने कार्यमा दाँतको प्रयोग गर्नु हुँदैन। नत्र दाँत टुक्रिने जोखिम हुन्छ ।

–ढुंगा, तार वा कुनै पनि कडा वस्तु वा धातु नटोक्ने।

–दाँत स्वास्थ्य राख्नका लागि नियमित सरसफाइमा ध्यान पुरÞ्याउनुहोस् ।

–खेल खेल्दा दाँतलाई सुरक्षित राख्न माउथगार्ड प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया