Listen LIVE

भारतबाट ल्याइएको प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद

नेपालगञ्ज : बाँकेको साईगाउँबाट प्रहरीले भारतबाटअवैध रुपले ल्याउँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान प्रहरी चौकी साईगाउँबाट खटिएको टोलीले जानकी गाउँपालिका–१ साईगाउँबाट १४ हजार ४०० रुपैयाँ बराबरको अवैध तस्करी हुँदै गरेको कुखुरा बरामद गरेको हो ।

बरामद गरिएका सबै कुखुरालाई आबश्यक कारबाहीका लागि नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया