Listen LIVE

रेखा थापाको डेब्यु नाटक ‘मीरा’को मञ्चन स्थगित

काठमाण्डौ : अभिनेत्री रेखा थापाले डेब्यु गर्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित भएको छ ।

गणतन्त्र दिवसको अवसरमा विहिबार राजधानीमा सत्तारुढ एमाले र राजावादी दलहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि राजनीतिक परिस्थितीलाई ध्यानमा राख्दै मञ्चन प्रिमियर स्थगित गरिएको जनाइएको छ ।

कलाकार, अतिथि र दर्शकको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको जानकारी रेखाले दिएकी छन् ।

सामाजिक संजालमा उनले लेखेकी छन्, ‘आजको असहज राजनीतिक परिस्थितिका कारण आजकै लागि तय गरिएको मेरो पहिलो नाटक ‘मीरा’ को प्रिमियर स्थगित गर्नु परेको जानकारी गराउनुपर्दा अत्यन्तै दुःखी छु । कलाकार, दर्शक र अतिथिको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुप¥यो ।’

अब यो नाटकको प्रिमियर आगामी मंगलबार जेठ १९ गते गर्ने तयारी रहेको कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । यो नाटकको लागि टिकटहरू बिक्री भैसकेको थियो ।

राजनीतिक स्थितीलाई ध्यानमा राख्दै विहीबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाभोज’को प्रदर्शन पनि रोकिएको छ ।

प्रतिक्रिया