Listen LIVE

राजेश हमालले थाले ‘नरसिंहा अवतार’को छायांकन

काठमाण्डौ : अभिनेता राजेश हमाल यतिबेला आफ्नो कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिबेला यो फिल्मको सुटिङ भैरहेको छ ।

बुधबार यो फिल्मको सुटिङ भक्तपुरको नगरकोट जाने बाटोतर्फ भैरहेको थियो । जहाँ, हमालको दृश्य छायांकन गरियो । सेटबाट अनलाइनखबरलाई प्राप्त तस्वीरमा हमालसहित अन्य केही कलाकार भेटिन्छन् ।

हमालसँग फोटोमा देखिएका अन्य दुईजना कलाकार पनि प्रहरीमै कार्यरत छन् । तीमध्ये एक हुन् पुरुषोत्तम सानु जसले हालै सगरमाथा आरोहण गर्ने पहिलो नेपाल प्रहरीको कीर्तिमान रचेका थिए । सशष्त्र प्रहरीका जवान रविन बोगटीले पनि अभिनय गरेका छन् ।

फोटोमा हमाल प्रहरीको पोशाकमा देखिन्छन् । ८ वर्षपछि हमालको यो कमब्याक फिल्म बताइएको छ जसलाई दिवाकर भट्टराईले निर्देशन गरिरहेका छन् । यो फिल्ममा राज कटुवाल लगायतका अन्य कलाकार पनि छन् ।

विहिबारदेखि यो फिल्मको सुटिङ कोटेश्वर क्षेत्रमा भैरहेको छ ।

प्रतिक्रिया