नेपालगञ्ज : ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–०३ स्थित इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध (ब्राउनसुगर) सहित सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश थारुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
प्रहरीले बरामद लागू औषधसहित प्रयोग भएको भे १२ प ९७६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका थारुलाई बाँके जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।
2026-06-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार