Listen LIVE

बाजुराका किसानलाई बाली भित्र्याउन सकस

बाजुरा : बाजुराका किसानलाई धानबाली भित्र्याउन निकै सकस परेको छ । खेतमा धानबाली पाकेर पहेँलीपन भए पनि यहाँ पानी पर्न नरोकिएपछि किसानलाई धानबाली भित्र्याउन सकस भएको हो ।

यहाँका किसानले पाखो जमिनमा लगाएको धानलाई लगालग गरेर भदौको अन्तिम र असोजको पहिलो सातासम्म घरमा भित्र्याए पनि यतिबेला खेतमा लगाएको धानबाली भने पानी कारण घर भित्र्याउन निकै सकस भएको बुढीगङ्गा नगरपालिकाकी स्थानीय धना बुढाले बताइन् ।

उनले भनिन, “असार महिनामा लगाएको धान खेती बेला बारीमा पाकेर पहेँलीपन भएको छ । तर लगातार वर्षातका कारण त्यो भित्र्याउन पाएको छैन ।”

समयमै त्यो बाली भित्र्याएन भने पानीले नै खेतीमा पूरै बाली सखाप हुन्छ की भन्ने डर लागेको बुढाले बताइन् । यहाँका किसानले चैतमा पाखो जमिनमा लगाएको धान भदौ र असार महिना खेतमा लगाएको धानलाई असोज काट्ने गर्छन् । यहाँ अहिले पानी पर्न रोकिएको छैन् । त्यही पानीका कारण यहाँका किसानले धानबाली भित्र्याउन सकिरहेका छैन ।

असारको महिना मानु खाइ मुरी उब्जाउने प्रयत्न गरेर लगाएको धानबाली पानीका कारण घर भित्र्याउन नपाएपछि यती बेला यहाँका किसान चिन्तित भएका छन् । यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका विभिन्न्न ठाउँका खेतमा लगाएको धान बाली यतिबेला पाकेर पुरै पँहेलीपन देखिका छन् । 

यहाँका किसानलाई त्यो बाली कसरी घरमा भित्र्याउने भन्ने  निकै चिन्ता छ । दिन दिनमा पानी परेको छ । बारीमा धान पाकेर झर्न थालेको छ । कसरी धान बाली भित्र्याउने भन्ने उनीहरुमा चिन्ता परेको हो । 

बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धानखेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने १.९ मे टन–हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जसिराम साहनीले बताए ।

प्रतिक्रिया