दाङ : बारी जोत्ने क्रममा कपडा अल्झिएर हाते ट्याक्टर दुर्घटनामा श्रीमतीको मृत्यु हुँदा श्रीमान् घाइते भएका छन् ।
रोल्पाको रोल्पा नगरपालिका–५ बजबाङका ४८ बर्षीय यज्ञबहादुर महराले हाते ट्याक्टरले बारी जोत्दै गर्दा साथमै रहेकी ४५ बर्षीया उनकी श्रीमती भिमली महराको कपडा अल्झिएपछि भएको दुर्घटनामा श्रीमान् श्रीमती घाइते भएका थिए ।
दुर्घटनापछि उनीहरुलाई उपचारका लागि प्यूठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री पु¥याइएको थियो ।
भिमलीको भिङ्ग्रीमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी रोल्पा प्रमुख डीएसपी बिरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर श्रीमान् यज्ञबहादुरलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।
2025-11-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार