नेपालगञ्ज : कोहलपुर नगर अस्पतालमा आजबाट न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा शुरु भएको छ । स्वास्थ्य सेवा थप सहज, छरितो र पहुँचयोग्य बनाउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार डिजिटल प्रविधिमा आधारित एक्स–रे सेवाबाट बिरामीहरूले छिटोछरितो रिपोर्ट प्राप्त गर्न सक्नेछन् । यस सेवाले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सर्वसाधारण नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
उनले नगरवासीलाई आवश्यक परेमा अस्पतालबाट उक्त सेवा लिन अनुरोध पनि गरेका छन् । डिजिटल एक्स–रे सेवा सुरु भएसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास गरिएको छ ।
2026-04-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार