नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदीसहित चार जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगञ्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो विशेष सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी चाँदी र ०३०१–०२४ च ६७६३ नम्वरको कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद गरिएको सुनचाँदीको मुल्य एक करोड पाँच लाख तेतिस हजार चार सय बराबरको रहेको छ ।
गाडी राजापुर ८ बर्दियाका ४० वर्षीय नेपाली थारुले चलाएका थिए । कारमा सवार निम प्रकाशबाट सुन जस्तो देखिने ६७ ग्राम पहेलो धातुका टुक्रा र राहुलको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम पायल तथा तार बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नेपालगञ्ज २ मा महेश मुराउले सञ्चालन गरेको पशुपति सुन चाँदी रिफाइन कारखानामा तलासी गर्दा अवैध सुनजस्तो देखिने ३४० ग्राम धातु र चाँदी जस्तो देखिने १० केजी ४४१ ग्राम तौल रहेको धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सोही कारखानामा रहेका ओमजंग चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सुनचाँदी र कार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार