नेपालगञ्ज : समुदायका लागि संवेदनशील र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम नेपालगञ्जमा शुरु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेश सरकारको आयोजना र समुदायका लागि संचार अभियान, नेपाल नेपालगञ्जको समन्वयमा उक्त कार्यक्रम भएको हो ।
मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यको अध्यक्षता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए ।
मन्त्रालयका अधिकृत भुपबहादुर मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा शाखा अधिकृत केशरी शर्माले स्वागत गरेकी थिईन । कार्यक्रममा अधिवक्ता बसन्त गौतम, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, शंकरप्रसाद खनाल र सावित्री गिरीले प्रस्तुतीकरण गर्दैछन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार