नेपालगञ्ज : नेपालगञ्जमा बाँकेका पूर्व खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई भव्य कार्यक्रम गरी शनिबार सम्मान गरिएको छ । महेन्द्र पुस्तकालयले भव्य कार्यक्रमको आयोजना गरी खेलाडी तथा खेलकर्मीहरुलाई सम्मान गरेको हो ।
जुमा स्पोर्टस् क्लबसँगको सहकार्यमा पुस्तकालयको सामाजिक सरोकार उपसमितिले आयोजना गरेको कार्यक्रममा ओलम्पियन सुरेन्द्र बहादुर हमाल, ओलम्पिक कमिटिका उपाध्यक्ष रतन कुमार टण्डन, पूर्व वरिष्ठ खेलाडी अजित कुमार शर्मा, संशुद्दिन सिद्दिकी, गोविन्द प्रसाद श्रेष्ठ, पार्वती थापा, गोबद्र्धन सिंह सम्झना, जयन्त कुमार शर्मा, शान्ति सिंह, अशोक जंग थापा, डा. प्रतिक श्रेष्ठ, सन्तोषकाजी शाक्य, नेपाल क्रिकेट संघका पूर्व कप्तान लेख बहादुर क्षेत्री, चन्द्र बहादुर गुरुङ्ग, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, बालकृष्ण थारु लगायतलाई सम्मान गरिएको हो ।
आयोजक समितिका संयोजक नरेन्द्र जंग पिटरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व खेलकुद मन्त्री महेश्वरजंग गहतराज, पूर्व खेलाडी संघका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार सनत रेग्मी, पुस्तकालयका अध्यक्ष बलराम यादव लगायतले दोसल्ला र कदरपत्रले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा खेलकुदले बनाउने समाजबारे बृहत बहसको आयोजना गरिएको थियो । पत्रकार वीरेन्द्र जैसीले सहजीकरण गरेको कार्यक्रममा अजित कुमार शर्मा, सुरेन्द्र बहादुर हमाल, रतन कुमार टण्डन, सम्शुद्दिन सिद्दिकी, शान्ति सिंह क्षेत्री, टिएस ठकुरी र बालकृष्ण थारुले आफ्ना धारणा राखेका थिए ।
मध्यपश्चिम खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष भीम ओलीले खेल पूर्वाधारको उपयोगबारे सामाजिक दायित्वबारे धारणा राखेका थिए भने सहकार्य गर्ने जुमा स्पोर्टस् क्लबका उपाध्यक्ष विष्णु श्रेष्ठ र पत्रकार सबि विश्वकर्माले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार