Listen LIVE

अविरल वर्षाले बाँकेका केही क्षेत्रमा बिद्युत सेवा अवरुद्ध

नेपालगञ्ज : अविरल वर्षाका कारण रुख ढलेर पोल भाँचिदा बिद्युत सेवा प्रभावित भएको छ । बाँकेको डुडुवा गाउँपालिका क्षेत्रको जंगलभित्र रुख ढलेर ८ वटा बिद्युत पोल भाँचिएका छन् ।

बिद्युत पोल भाँचिएपछि डुडुवाको जब्दहवा क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्रले भाँचिएका ८ वटा पोल बदली नगर्दासम्म डुडुवाको जब्दहवा क्षेत्रमा बिद्युत आपुर्ती बन्द रहेको जानकारी दिए ।

अविरल वर्षाले बाँकेका अन्य विभिन्न क्षेत्रमा पनि बिद्युत सेवा प्रभावित गरेको बताइएको छ । नेपालगञ्जको अन्य क्षेत्रको बिद्युत सेवा भने सुचारु अवस्थामा रहेको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया