Listen LIVE

‘रिद्धिसिद्धि खजुरा तिज आइडल’को मेघा अडिसनबाट १२ जना छनोट

नेपालगञ्ज : ‘रिद्धिसिद्धि खजुरा तिज आइडल’को मेघा अडिसन सकिएको छ । मेघा अडिसनबाट फाइनलका लागि १२ जना प्रतियोगि छनोटमा परेका छन । बाँकेको खजुरा गाउँपालिका १ मा रहेको राधापुर सामुदायिक सिकाई केन्द्रले तिजको अवसरमा आयोजना गरेको तिज आइडलको नेपालगन्ज र खजुरामा अडिसन पछि भएको मेघा अडिसन गरिएको हो । मेघा अडिसनमा श्री रिद्धिसिद्धि ज्वैलर्सका प्रोपाइटर राजु सोनीको मुख्य उपस्थितीमा भएको मेघा अडिसनमा २५ जनाले भाग लिएका थिए । जनाएको प्रतियोगितामा विजेता हुनेहरुले सुनका गहना पुरस्कार प्राप्त गर्नेछन् ।

प्रथम हुनेले ५ आनाको गहना, दोस्रो हुनेले ३ आनाको गहना, तेस्रो हुनेले २ आना र चौथो हुनेले १ आनाको गहना मुख्य प्रायोजक श्री रिद्धिसिद्धि ज्वैलर्सले प्रदान गर्नेछ । त्यस्तै अन्य ७ जनालाई चादिको पाउजु प्रदान गरिने आयोजक राधापुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए । अडिसन र मेघा राउण्डमा न्युत्य निर्देशक केबी शाहि र मिलन गुरुङ्गले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

फाइलन १४ गते शुक्रबार खजुराको मिनिपार्कको सभाहलमा हुने संयोजक गुरुङले जानकारी दिए । मेघा राउण्डमा प्रवेश गर्नेहरुमा झरना सुनार, दमयन्ती जैसी, आकृती राना, प्रमिका पुनमगर, आयुषा राना, मनिसा खनाल, अञ्जली आलेमगर, सुमिना थापामगर, दुर्गा राना, दिक्षा थापामगर, सुमिना रानामगर, कुसुम पुनमगर रहेको संयोजक गुरुङ्गले जनाए ।

मेघा राउण्डमा खजुरा प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. इन्द्र भण्डारी, सदस्य मणि अर्याल, ज्ञानोदय मावि खजुराका प्रध्यानाध्यापक ऋषिराम सापकोटा, कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल, न्युत्य निर्देशक राकेश गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया