नेपालगञ्ज : बाँकेका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकालाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण हुने भएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनका डिभिजनल इन्जिनियर कैलाश मोक्तानका अनुसार पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने चालु आर्थिक वर्षको बजेटमा आवश्यक रकमसमेत विनियोजन भएकाले विस्तृत सर्वेक्षण सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने छ ।
उनका अनुसार हाल पुलको डिजाइन, लागत अनुमान तथा निर्माण विधि तयार गर्ने काम भइरहेको छ । करिब १५ करोड रुपैयाँको लागतमा निर्माण हुने बहुस्पान झोलुङ्गे पुल दुई मिटर चौडा र ५५० मिटर लामो हुने छ ।
पुल निर्माणपछि राप्तीसोनारी गाउँपालिका–७ का फरेदा, पिप्रहवा, देउपुरुवालगायतका बस्ती, डुडुवा गाउँपालिका–१ का बालुपुरुवा, चौफेरी तथा नरैनापुर गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएको छ । बर्खायाममा डुङ्गाको भर पर्नुपर्ने स्थानीयको दशकौँदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले पुल निर्माण भएपछि तीन वटै स्थानीय तहका बासिन्दालाई सुरक्षित र सहज आवतजावत सहज हुने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार