नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३० गतेदेखि भदौ ५ गतेसम्म विभिन्न मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका १२ जना फरार प्रतिवादीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
पक्राउ परेका प्रतिवादीहरूको हकमा अदालतबाट कुल ४ वर्ष २६ दिन कैद तथा ४९ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भइसके पनि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
फैसला कार्यान्वयन प्रभावकारी बनाउन फरार प्रतिवादीको विवरण संकलन गरी उनीहरूको खोजी तथा पक्राउ गर्ने कार्यलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार