Listen LIVE

नेपाल प्रहरी र एसएसबीद्वारा सिमा क्षेत्रमा मैत्रीपूर्ण वृक्षारोपण

नेपालगञ्ज : नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सशस्त्र सिमा बल (एसएसबी) को संयुक्त आयोजनामा आज विहान नेपाल भारत सिमा क्षेत्रमा बृक्षारोपण गरिएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुर बाँके र सशस्त्र सिमा बल (एसएसबी) ककरदरी श्रावस्तीको संयुक्त आयोजनामा बाँके नरैनापुर ५ स्थित ककरदरी नाका क्षेत्रको नेपाल भारत सिमानामा संयुक्त वृक्षारोपण र सरसफाई कार्यक्रम आयोजना गरिएको हो । 

दुबै देशको मैत्रीपूर्ण सम्बन्धलाई थप मधुर बनाउने र स्थानीयस्तरमा समेत वृक्षरोपण तथा सरसफाईको महत्वलाई सांकेतिक रुपमा प्रसार गर्न कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्ष सुरेश कोइरालाले जानकारी दिए । 

कार्यक्रममा सशस्त्र सिमा बल एसएसबी ककरदरीका इञ्चार्ज प्रहरी निरीक्षक मुकेश डबरालले यस्ता कार्यक्रमबाट दुबै देशका सुरक्षा निकाय र आम नागरिक बिच सकारात्मक संदेश जाने बताए । 

कार्यक्रममा दुबै देशका प्रहरी अधिकारीहरु, जनप्रतिनिधी, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया