Listen LIVE

बाँकेमा अवैध बालुवा ढुवानी गर्ने ट्र्याक्टर नियन्त्रणमा

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–२ बैरहवाबाट अवैध रूपमा बालुवा ढुवानीमा संलग्न एउटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले भे १ त ७५५५ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया