Listen LIVE

कोहलपुरमा दुर्घटना हुँदा एकजना घाइते

नेपालगञ्ज : बाँकेको कोहलपुरको एनटिभी रोडमा कार र मोटरसाइकल दुर्घटनामा पर्दा मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घाइते मोटरसाइकल चालकको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै सवारी साधन अनियन्त्रित भई नजिकैको बिजुलीको पोलमा ठोक्किएपछि आगलागी भएको थियो ।

सवारीसाधनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया