Listen LIVE

पत्रकार महासंघको जग्गा अतिक्रमण रोक्न प्रशासनको ध्यानाकर्षण

नेपालगञ्ज : नेपाल पत्रकार महासंघको जग्गा पुनः कब्जा गर्न खोजिएपछि संरक्षणका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको उक्त जग्गालाई वडाअध्यक्ष गोपाल पुनको आडमा स्थानीय भू–माफियाले कब्जा गर्ने प्रयास गरेका थिए ।

तत्कालिन नेपालगञ्ज नगरपालिकाले २०६६ भदौमा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार महासंघलाई कित्ता नम्बर ४३ को ०–२–१४१र२ क्षेत्रफलको उक्त जग्गा भोगाधिकारका रुपमा उपलब्ध गराएको थियो । उक्त जग्गामा महासंघले दुई वटा भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।

महासंघको खाली जमिनमा आँखा लगाएर जग्गा ब्यापारी समेतको मिलेमतोमा वडाअध्यक्ष पुन, स्थानीय टोल विकास समितिका अध्यक्ष समेत रहेका माओवादी नेता कर्णबहादुर मलल्ल नेतृत्वको समुहले बिना कुनै सहमती रातारात महासंघको जग्गामा रातारात पिसिसी सडक निर्माण गरेका छन् ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा बुधबार बिहान जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको पत्रकारको टोलीले जग्गा अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ध्यानाकर्षण गराएको हो । उपमहानगरपालिकाले महासंघको जग्गा मिचेर बाटो नबनाउन निर्देशन दिदाँ दिदै पनि वडाअध्यक्ष पुनले बजेट दुरुपयोग गरेर जबरजस्ती रुपमा बाटो बनाउन लगाउनुले उनको भूमिकाप्रति शंका उत्पन्न भएको अध्यक्ष भण्डारीले बताए । वडाअध्यक्ष पुन आर्थिक प्रभावमा परेर भू–माफियाको पक्षमा लागेको उनको आशंका छ ।

प्रतिक्रिया