Listen LIVE

बाँकेमा स्कुटर चोरीमा संलग्न २ जना पक्राउ

नेपालगञ्ज : स्कुटर चोरीमा संलग्न २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँके जानकी गा.पा. ३ बस्ने रम्जान यादव र नेपालगञ्ज उप–महानगरपालिका ३ बस्ने मोहम्द जिसान्त सिद्दिकि रहेका छ्न ।

बाँके नेपालगंज उप–महानगरपालिका १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर वैशाख २२ गते राति हराएको भनि सूचना प्राप्त भए पश्चात खोजतलास गर्ने क्रममा जानकी गा.पा. ३ ईन्द्रपुर स्थित उक्त स्कुटरको नम्बर परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि चोरी कसूरमा सम्मानित बाँके जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया