नेपालगञ्ज : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको हो ।
नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार ११.६ किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो । अहिलेसम्म नौ किलो मिटर दुई लेन र छ किलो मिटर चार लेन सडक कालोपत्र भएको सूचना अधिकारी इञ्जिनियर पाण्डेले जानकारी दिए ।
शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिकका क्षेत्रमा धमाधम जारी छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार