नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा छाडा पशु चौपायाको व्यवस्थापन गर्ने अभियानलाई उपमहानगरपालिकाले निरन्तरता दिएको छ । अभियान अन्तर्गत सोमवार बिहान ६ बजेदेखि उपमहानगरपालिका क्षेत्रभित्र रहेका छाडा पशु चौपायाहरू संकलन गरी वडा नम्बर २१ बिर्तामा रहेको कान्जीहाउसमा व्यवस्थापन गरिएको छ ।
आजको अभियानका क्रममा १७ वटा छाडा पशु चौपाया संकलन गरिएको जनाइएको छ । संकलन गरिएका पशु चौपायामध्ये ७ वटा गाई, बाच्छा, बाछी तथा साँढे र १० वटा घोडा, घोडी तथा बछेरा रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा छाडा रूपमा रहेका पशु चौपायाका कारण हुने दुर्घटना, सडक अवरोध तथा सर्वसाधारणलाई हुने असुविधा न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा संकलन तथा व्यवस्थापन गर्दै आएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोेगटीले बताए ।
उपमहानगरपालिकाका अनुसार छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापनको यो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार