बझाङ : बझाङमा विपद उद्धारसम्बन्धी तालिमको अभ्यास गर्ने क्रममा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले जानकारी दिए ।
बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास गर्दा गर्दै उनी डुबेका थिए । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहले बताए ।
बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
2024-06-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार