Listen LIVE

रुकुम पूर्वबाट ६ हजार किलो मह निकासी

रुकुमपूर्व : यसवर्ष जिल्लाबाट साठी क्विन्टल भीर मह निकासी भएको छ । वैशाख देखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ । यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । 

पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिकाका विभिन्न ठाउँमा भीर मौरी पाइन्छ । जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको भीर मह जिल्ला बाहिर निकासी भएको हो । मह निकाल्ने र निकासी गर्ने ठेक्का मार्फत गर्ने गरिएको छ । 

गत वर्षहरूको तुलनामा यो वर्ष मह केही वृद्धि भएको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले बताए । ६० क्विन्टल भीर मह निकासीको लागि व्यापारीले अनुमति पुर्जी लिएका हुन् । ६० क्विन्टल मह नै निकासी भइसकेको रेन्जर केसीले जानकारी दिए । 

प्रति किलो २० रुपियाँको दरमा निकासी गर्ने व्यापारीबाट राजस्व लिने गरिएको डिभिजन वन कार्यालयले बताएको छ । जसमा साठी क्विन्टल बापतको कार्यालयमा राजस्व एक लाख २० हजार रुपियाँ सङ्कलन भएको छ । गत वर्ष ५० क्विन्टल भीर मह निकासी भएको थियो । यस वर्ष प्रति किलो मह एक हजार रुपियाँ भाउ गएको भूमे गाउँपालिका–२ काँक्रीका ध्रुव बुढा मगरले बताए ।

प्रतिक्रिया